खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीद्वारा आगमी २७ जुलाईको दिन शहीद दिवस पालन गरिने भएको छ। गोरामुमो खरसाङ ब्राञ्च कमिटीको प्रचार प्रसार सचिव भुपेन गुरुङले आगामी २७ जुलाईको दिन यसपालीको शहीद दिवस कार्यक्रम सम्पन्न गरिने जानकारी गराएका छन्। उनले थप जानकारी गराए अनुसार खरसाङ ब्राञ्च कमिटीको हिज बसेको बैठकमा शहीद दिवस प्रत्येक समष्टिमा पालन गरिने सभाले प्रस्ताव पारित गरेको छ। सबैले आ-आफ्नो समष्टिमा शहीद दिवस पालन गर्नको निम्ति समष्टिका प्रतिनिधिवर्गसँग सम्पर्क गरि उक्त दिन आफ्नो उपस्थिति दिने भुपेन्द्र गुरुङले अपिल समेत गरेका छन्।










