तीनधारेमा भारतीय गोर्खा परिसंघद्वारा शोक सभा

IMG-20230724-WA0303.jpg

खरसाङ: तीनधारेमा भारतीय गोर्खा परिसंघ तीनधारे शाखाका अध्यक्षा शान्ति तामाङको अध्यक्षतामा एउटा शोक सभाको अायोजना गरियो। शोक सभालाई भागोप तीनधारे शाखाका सचिव दीपक प्रधानले सञ्चालन गरेका थिए। सभामा स्व बालकुमार प्रधानको मृतात्माले स्वर्गमा वास पाउन् भनी एक मिनटको मौन धारण गरियो। सभामा भागोप तीनधारे शाखाको सचिव दीपक प्रधानले भने, स्व प्रधान १५ फरवरी १९५१ मा जन्म ग्रहण गरेका थिए भने १९ जुलाई २०२२ मा ७२ वर्षको उमेरमा आकस्मिक निधन भयो। उनलाई तीनधारेमा प्रथमपल्ट दैनिक पत्रिकाको बिक्रेताको रुपमा मान्न सकिन्छ जसमा हिन्दी, नेपाली दैनिक हिमालचुली, बाङ्ला र अंग्रेजी अनि अन्य पत्रिकाहरु थिए। उनी सरल स्वभावका व्यक्तित्वका धनी थिए। उनी एक मृदुभाषी, जहिले पनि हाँसेर बात गर्थे। जीवनका जस्तै कठिनाईहरु पनि हाँसेर समाधान गर्थे।’ सभामा सुरेसचन्द्र दर्नालले पनि भने, बालकुमार दाजु एक साई भक्त थिए। साई मण्डलीमा सेवामा जाँदा सबैलाई समेटेर लाने गर्थे। उनी २००८ सालदेखि भारतीय गोर्खा परिसंघका आजीवन सदस्य थिए भनी बताएका छन्। सभाका अध्यक्षा शान्ति तामाङले पनि सम्बोधन गरेकी थिइन्। उनले भनिन् -‘दाजुको अकाल मृत्युको कारण एक समाज सेवक अनि साई भक्तको सदस्य हामीले गुमायौं। वहाँको अनुपस्थिति सँधै महसुस गर्नेछौं। सभामा भागोप तीनधारे शाखाकी कोषाध्यक्ष तारा रुचाल, जेबी गुरुङ, बाणी बिलास साथै नारी सदस्यगण उपस्थित थिए भनी भागोप तीनधारे शाखाको सचिव दिपक प्रधानले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement