भर्नाबारी चियाबारीको श्रमिकहरू आन्दोलित

f032b05d-1e72-43f7-93b3-3f83df6192fb

कालचिनीः कालचिनी खण्डको भर्नाबारी चियाबारीको श्रमिकहरूले कमानबाट पाउँदै आईरहेको छाता, तारपोलिन, चप्पल, गम्बुट, एवम् अन्यान्य सुविधाहरू नपाएको एवम् कमान प्रबन्धनपक्षले कामको समय-सीमा ३.३० बटा ४.३० सम्म बनाएको विरोध गर्दै सोमबार कमानको फ्याक्ट्री गेट अघि धरना प्रदर्शन गरे।
उक्त धरना प्रदर्शन कुनै ट्रेड यूनियनले मात्र नभएर सम्पूर्ण श्रमिकहरूले गरेको कमानको तृणमूल चियाबारी श्रमिक यूनियनका नेताहरू रघु मिञ्ज र राजेश गुरुङले जनाएका छन्। कामको समय-सीमा बढ़ाएकोले श्रमिकहरू ब्याङ्कमा वेतन थाप्न जान नभ्याएकोले अब कमानले श्रमिकहरूको वेतन नगद दिईनु पर्ने पनि श्रमिकहरूले दाबी गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement