सिलगढीको वार्ड नम्बर ३४ अध्यक्ष र तृणमूल कार्यकर्तालाई कुटपिट गरेको आरोपमा १ जना पक्राउ

51688df5-cad9-46d9-a74b-24f389728779

सिलगढी: नयाँ जलपाइगढी थानाको पुलिसले तृणमूल कार्यकर्ता र सिलगढी नगरपालिकाको वार्ड नम्बर ३४ अध्यक्षलाई कुटपिट गरेको आरोपमा सिलगढीको राजा होली क्षेत्रबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। आरोपीलाई सोमबार जलपाइगढी अदालतमा पठाइएको थियो। गत शुक्रबार घर भाडा विवादमा सिलगढीको वार्ड नम्बर ३४ का अध्यक्ष र तृणमूल कांग्रेसका केही कार्यकर्तालाई कुटपिट गरेको आरोप लागेको छ। राति पुलिस थानामा उजुरी परेको थियो। अनुसन्धानको क्रममा मोहम्मद सोनु नामका व्यक्तिलाई आइतबार राति सिलगढीको राजा होली क्षेत्रबाट पक्राउ गरिएको थियो। आरोपीलाई सोमबार दिउँसो जलपाइगढी अदालतमा पठाइएको थियो। पुसिलले घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement