मणिपुर महिला उत्पीडनको प्रतिवाद गर्दै सभा

a283449b-1b5a-4385-860a-9d2d10cf4293

कालचिनीः मणिपुर राज्यमा चलीरहेको साम्प्रदायिक तनाव र महिला उत्पीडनको मामिलाको देशभरी निन्दा भईरहेको क्रममा सोमबार कालचिनी खण्डको मेन्दाबारी बजारमा पनि स्थानीय बासिन्दाहरूले प्रतिवाद गर्दै नारी सुरक्षाको माग अघि सारेको देखियो।
स्थानीय समाजसेवी कृष्ण वसुमताको पहलमा सोमबार मेन्दाबारी क्षेत्रमा विद्यार्थी र गाउँलेहरूलाई समेटेर एउटा ऱ्याली निकालेको थियो भने मणिपुरमा चाहे जसको पनि सरकार होस् शान्ति बहाल गर्नु एवम् नारी सुरक्षाको पदक्षेप लिनु एकदमै आवश्यक रहेको कृष्ण वसुमताले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement