गिताङ्गे चियाबारी निवासी एंव आईएनए स्कूलको रोहण विष्टलाई स्काउण्टमा राज्य स्तरीय पुरस्कार प्राप्त

IMG-20230724-WA0297.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको शिवखोलास्थित आईएनए मेमोरियल माध्यमिक विद्यालयको विद्यार्थी रोहण विष्टले भारत स्काउण्ट एण्ड गाइडको परीक्षामा उत्तीर्ण गरेर स्काउण्टमा राज्य स्तरीय पुरस्कार प्राप्त गरेका छन्। शिवखोलाको आईएनए मेमोरियल माध्यमिक विद्यालयको विद्यार्थी एवं गिताङ्गे चियाबारी निवासी राजेन विष्टको छोरा रोहण विष्टले २२ जुलाईको दिन कोलकतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा उक्त राज्य स्तरीय पुरस्कार ग्रहण गरेका छन्। रोहणले १० जून २०१९ मा नै भारत स्काउण्ट एण्ड गाइडको परीक्षा दिएका थिए भने उक्त परीक्षा खरसाङमा सम्पन्न भएको थियो तर कोविडको कारणले उक्त पुरस्कार वितरण गरिएको थिएन। यसपाली भारत स्काउण्ट एण्ड गाइड पश्चिम बंगालको आयोजनमा कोलकोताको टाउन हलमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा अंश ग्रहण गरेका छन्। बंगालभरिमा पुरस्कृतहरू भेला २०१९-२०, २०२०-२१ र २०२१-११ को पुरस्कारहरू प्राप्त गरेका थिए। यसपाली बंगालभरिका ३६० जना पुरस्कृतहरूसितै रोहण विष्टले पनि स्काउण्टमा उक्त राज्य स्तरीय पुरस्कार राज्यको खाद्य अनि वितरक मन्त्री एंव भारत स्काउण्ट एण्ड गाइडको संरक्षक रथिन घोषको बाहुलीबाट ग्रहण गरेका थिए। उक्त पुरस्कार ग्रहण गरेर रोहण हिजो घर आईपुगेका छन्। रोहण विष्टसित पुरस्कार ग्रहण गर्नलाई आईएनए मेमोरियल माध्यमिक विद्यालयको स्काउण्ट मास्टर दावा छिरिङ लामा पनि कोलकोता गएका थिए। स्काउण्ट मास्टर दावा छिरिङ लामाले भारत स्काउण्ट एण्ड गाइडको खरसाङ जिल्लाबाट दुईजनाले यो राज्य स्तरीय पुरस्कार प्राप्त गरेको जानकारी गराउँदै रोहणबाहेक जेरेट राईले प्राप्त गरेको र गाईण्डमा भने पहाड़बाट सातजनाले पुरस्कार प्राप्त गरेको बताएका छन्।

उनले आफ्नो स्कूलको नानी रोहण विष्टले स्काउण्टमा राज्य स्तरीय पुरस्कार प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै यसको लागि सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। उनले स्काउण्ट एण्ड गाइड खरसाङ जिल्ला कमिटीको पदाधिकारीहरू क्रमैले सहायक राज्य कमिशनर जोगेन्द्र प्रसाद, सचिव राजेन्द्र अग्रवाल, आदर्श विद्यालयको शिक्षक प्रभारी निमा लेप्चा साथै आईएनए मेमोरियल माध्यमिक विद्यालयको स्काउण्ट मास्टर सञ्जय गुरुङ, प्रधानाध्यापिका रुथरानी राई आदिलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement