सांगीतिक क्षेत्रमा प्रतिभाशाली नानी आयुष लामालाई पेम्बा रिम्पोर्छेद्वारा आर्थिक सहयोग

IMG-20230724-WA0300.jpg

खरसाङ: खरसाङ बजारको प्रतिभाशाली नानी आयुष लामालाई उनको सांगीतिक यात्राको लागि बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले आज आर्थिक सहयोग प्रदान गरेका छन्। खरसाङ बजारको बुच्छर बस्ती निवासी आयुष लामाको गायन क्षेत्रमा प्रतिभा देखेर पेम्बा रिम्पोर्छेले आर्थिक सहयोग प्रदान गरेका छन्। खरसाङका वरिष्ठ संगीतकार एवं संगीत संयोजक रुपेस रसाईलीले आयुष लामाको प्रतिभालाई मार्ग निर्देशन गर्दै गीत गाएको भिडियो सामाजिक सञ्जालमा अपलोड गरेका थिए भने उनको त्यही भिडियोलाई खरसाङको लोकल च्यानलहरूले पनि प्रसारण गरेका थिए भने नमस्ते खरसाङको प्रबन्ध निर्देशक निर्मल गुरुङले आफ्नो च्यानलमा अन्तर्वार्ता नै प्रसारण गरेका थिए। च्यानलहरूमा नानी आयुष लामाको गायन प्रतिभालाई देखेर पेम्बा रिम्पोर्छेले आज उनको घरमै गएर आर्थिक सहयोग स्वरूप १० हजार रुपियाँ नानीलाई प्रदान गरेका छन्।

यस अवसरमा नानीको मामा सुरज बाल्मिकीले बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छे, नमस्ते खरसाङको निर्देशक निर्मल गुरुङप्रति आभार प्रकट गर्दै धन्यवाद दिएका छन्। यस अवसरमा पेम्बा रिम्पोर्छेले आज १० हजार प्रदान गरिएको र नानीको सांगीतिक यात्राको लागि अरू बेला सहयोग गरिदिने वचन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement