डु.ने.सा.वि.समितिका भूतपुर्ब अध्यक्ष एवं शिक्षक सितम मोक्तान मातृशोकमा

IMG-20220702-WA0146.jpg

बाग्राकोट: बाग्राकोट चियाकमान निवासी एवम् डुवर्स नेपाली साहित्य विकास समितिका भूतपूर्व अध्यक्ष एवं बाग्राकोट उच्च माध्यमिक विद्यालयका पूर्व शिक्षक सितम मोक्तान मातृशोकमा परेका छन्। परिवार पक्षबाट प्राप्त भएको जानकारीअनुसार गत २९ जून २०२२, बुधबारको दिन बिहान ५:२० बजे ९५ वर्ष पुगेकी तिनको आमा दिलमाया मोक्तानको बाग्राकोटको निजी वासस्थानमै निधन भयो। तिनी धेरै महिनादेखि अस्वास्थ्य थिइन्। आमाको निधनको खबर सुन्ने साथ गाउँ घरका इष्टमित्र, राजनैतिक पार्टीका कार्यकर्ता, विभिन्न संघ-संस्थाका कार्यकर्ताहरू, साहित्यिक र सामाजिक अनि शैक्षिक क्षेत्रका महानुभावहरू साथै शुभचिन्तक अनि प्रत्यासीहरूले मृतकप्रति श्रद्धान्जली अर्पण गर्दै शोक समवेदना व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement