कांग्रेस अध्यक्ष खड़गेले दलित अत्याचारको मामिलामा मध्य प्रदेश सरकारलाई घेरे

00-1-Congress-President-Mallikarjun-Kharge

भोपाल (मध्य प्रदेश): अखिल भारतीय कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड़गेले मध्य प्रदेशमा बितेको एक महिना अवधि दलित-आदिवासीहरूसित भएका लज्जास्पद घटनाहरूलाई लिएर राज्य सरकारमाथि चर्को प्रहार गरे। उनले सोशल मीडियाको माध्यमबाट छतरपुर जिल्लामा गत दुई दिनअघि मात्र घटित घटनाको उल्लेख गर्दै भाजपाको ‘सबैको साथमा’ नारालाई देखावटी बताएका छन्।

खड़गेले सोमबर ट्वीट गर्दै भने, ‘मध्य प्रदेशमा एक महिनाभित्रमा दलित-आदिवासी अत्याचारको दोस्रो अत्यन्त निन्दनीय र पीड़ादायी घटना घटेको छ, जुन मानवतालाई नै लज्जित तुल्याउने किसिमको छl’ उनले एनसीआरबी रिपोर्ट (२०२१) को आधारमा भने, ‘भाजपाशासित मध्य प्रदेशमा दलितहरूविरूद्ध अपराधको रेट सबैभन्दा माथि छ। सबैभन्दा बढ़ी आदिवासीहरूविरूद्ध अपराध भएको छl’ भाजपाको ‘सबैको साथमा’ नारा केवल विज्ञापनहरूमा समेटिन पुगेको, यो एउटा देखावटी नारा र ‘पीआर स्टन्ट’ मात्र बन्न पुगेको आरोप लगाउँदै खड़गेले अघि भने, ‘भाजपाले प्रत्येक दिन बाबासाहेब अम्बेडकरको सामाजिक न्यायको सपनालाई चकनाचुर पारिरहेको छ। छतरपुर जिल्लाको यस घटनामा कठोरभन्दा कठोर कारबाही होस् भन्ने हामी माग गर्दछौंl’

उल्लेखनीय छ, छतरपुर जिल्लाको महाराजपुर थाना क्षेत्रअन्तर्गत ग्राम डिकौरामा गत २१ जुलाईको दिन ग्राम पंचायतमा केही निर्माण कार्य भइरहेको थियो। देशराज अहिरवार नामक युवकले पनि त्यहाँ काम गरिरहेका थिए। युवकको आरोप छ, काम गर्ने क्रममा सिमेन्ट उड़ेर गाउँका रामकृपाल पटेल नामक व्यक्तिमाथि लाग्यो। यसबाट आक्रोशित रामकृपालले युवकमाथि कुटपिट गरे, त्यसपछि लोटामा मल ल्याएर अनुहार र शरीरमा दलिदिए। पीड़ितले शनिवार सिकायत गर्दा पुलिसले आरोपीविरूद्ध एफआईआर दर्ता गराएको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement