भोपाल (मध्य प्रदेश): सन्त रविदासको समरसताको सन्देशलाई जन-जनसम्म पुऱ्याउनको लागि भाजपा सरकारले सागरको बड़तुमामा १०० करोड़ रुपियाँको लागतमा सन्त रविदासको भव्य मन्दिर निर्माण गरिरहेको छ। सन्त रविदास मन्दिर निर्माण सबै समाजका भावनाहरूसित जोड़ियोस यसको लागि राज्य सरकारको काई जन अभियान परिषद्ले राज्यका पाँच स्थानहरूबाट आगामी २५ जुलाईदेखि सन्त रविदास मन्दिर निर्माण यात्रा निकाल्ने निधो गरेको छ जसलाई पार्टीका वरिष्ठ नेताहरूले झण्डा देखाएर प्रस्थान गराउनेछन्। यी यात्राहरू आगामी १२ अगस्तको दिन सागर आइपुग्नेछन् जहाँ प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सन्त रविदास मन्दिर निर्माणको भव्य शिलान्यास कार्यक्रमको आयोजन हुनेछ।
यस आशयको जानकारी भाजपा अनुसूचित जाति मोर्चाका राष्ट्रिय अध्यक्ष लालसिंह आर्यले सोमवार पार्टीको प्रदेश कार्यालयमा आयोजित पत्रकार-वार्तामा दिएका हुन्। यस अवधि कांग्रेसमाथि प्रहार गर्दै उनले भने, ‘मध्य प्रदेशमा कांग्रेसले ४७ वर्षभन्दा अधिक समयसम्म शासन गऱ्यो, तर कहिले पनि उसले सन्त रविदास महाकुम्भ मनाएन, किनभने कांग्रेसले कहिल्यै पनि सन्त रविदास, अम्बेडकर र वाल्मीकि जस्ता अनुसूचित समाजको श्रद्धाका केन्द्रहरूलाई आदर-सम्मान गरेन। मुख्यमन्त्री शिवराज सिंह चौहानले प्रदेशमा सन्त रविदास महाकुम्भ मनाउने काम गरेको छl’ पत्रकार-वार्तामा पार्टीका प्रदेश मीडिया प्रभारी आशीष अग्रवाल एवं प्रदेश प्रवक्ता सनवर पटेल पनि उपस्थित थिए।
‘कांग्रेस र यसका गठबन्धन दलहरूको सरकार भएको राज्यमा दलितहरूमाथि अत्याचारका घटनाहरू अधिक भइरहेका छन्’, लालसिंह आर्यले भने, ‘कांग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड़गे भन्छन् कि मध्य प्रदेशमा दलितहरूमाथि अत्याचारका घटनाहरू अधिक भइरहेका छन्, त्यसो हो भने उनले राष्ट्रिय अपराध रेकर्ड ब्यूरो (एनसीआरबी)-को रिपोर्टको अवलोकन गर्नुपर्छ। एनसीआरबीको रिपोर्टमा स्पष्ट उल्लेख गरिएको छ, राजस्थान महिलाहरूसित हुने बलात्कारको घटना अनि दलितहरूमाथि हुने अत्याचारका मामिलाहरूमा देशमा नम्बर वान छl’ –हिस










