कालचिनी: महिला ससक्तिकरणको लक्ष्य राखेर आजदेखि दुई दिवसीय श्री उत्सव साउने मेला जयगाउँको तेरापन्थ भवनमा सम्पन्न भएको जानकारी तेरापन्थ महिला संगठनको जयगाउँ भोटाङ सचिव रेखा जम्मरले दिएकी छन्।

आज उक्त मेलाको उद्घाटन कालचिनी पञ्चायत समितिको चेयरम्यान अरुणा परियारको बाहुलीबाट सम्पन्न गरिएको थियो भने मेलामा जम्मा १६ वटा स्टलहरू राखिएको जसमा महिलाहरूको गरगहना र श्रृंगारको वस्तुहरू राखिएको बताईएको छ।