भारतले दुनियाँलाई देखायो- तकनिक र परम्पराहरू एकसाथ अघि बढ़्नसक्छ: राष्ट्रपति

00-1-Draupadi-Murmu-President-of-India-1

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मूले भनिन्, ‘भारतले दुनियाँलाई देखाएको छ कि तकनिक र परम्पराहरू एकसाथ अघि बढ़्नसक्छ। भारतीय वन सेवाको प्रोब्याशनर (२०२२ ब्याच) र भारतीय रक्षा सम्पदा सेवा (२०१८ र २०२२ ब्याच)-का अधिकारीगण एवं प्रशिक्षणार्थीहरूले सोमवार राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूसित भेट गरे। यस अवसरमा अधिकारीहरूलाई सम्बोधन गर्दै राष्ट्रपतिले भनिन्, ‘सिभिल सेवकहरूको रूपमा उनको यात्रा यस्तो बेलामा शुरू भएको छ जतिबेला भारतले वैश्विकस्तरमा नेतृत्वको भूमिका हासिल गरिरहेको छ। भारतले आफ्नो सांस्कृतिक समृद्धिसँगसँगै आफ्नो तकनिकी प्रगतिको लागि पनि विश्वको ध्यान आकर्षण गरिरहेको छl’ राष्ट्रपतिले भनिन्, ‘भारतीय रक्षा सम्पदा सेवाका अधिकारीहरूको यो कर्तव्य बन्छ कि उनीहरूद्वारा प्रदान गरिने सेवा एवं सुविधा पर्यावरण अनुकूल र टिकाऊ हुने कुरा उनीहरूले सुनिश्चित गरोस्। प्रौद्योगिकी सुशासनको लागि एउटा महान समर्थक हो। छाउनीहरूको प्रभावकारी प्रशासन र रक्षा भूमिको प्रबन्धनको लागि प्रौद्योगिकीलाई हरसम्भव उपयोग गर्नुपर्छl’

भारतीय वन सेवाका प्रशिक्षणार्थीहरूलाई सम्बोधन गर्दै राष्ट्रपतिले भनिन्, ‘भारतको जलवायु र स्थलाकृति वन वितरणसित निकटताले जोड़िएको छ। वन र उनीहरूद्वारा समर्थित वन्य जीवन हाम्रो देशको अमूल्य संसाधन र धरोहर हो। पर्यावरणीय ह्रास, वन क्षेत्रमा कमी, ग्लोबल वार्मिङ्ग र जलवायु परिवर्तनको खतरा वैश्विक चर्चा र साझेदारीको केन्द्रीय स्तरमा छ। यसैले पर्यावरण संरक्षण २१औं शताब्दीमा एउटा मुख्य चिन्ताको विषय भएको छ। भारतले विश्वलाई ‘लाइफ-लाइफस्टाइल फर एनभायरनमेन्ट’को सिकाएको छ। वन समाधानको एक अभिन्न अंग हो र भारतीय वन सेवाका अधिकारी समाधान प्रदाताहरूमध्येबाट हुन्। यसैले उनीहरूबाट अपेक्षा गरिन्छ कि उनीहरूले यस मन्त्रको व्यावहारिक क्रियान्वयनको लागि अथक प्रयास गरोस्l’ –हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement