मणिपुरमा सुरक्षा बलहरूद्वारा तीन कुकी उग्रवादी मारिए

00-1-Rashtriya-Samachar-21

इम्फाल: सुरक्षा बलहरूले दुई दिनको कड़ा संघर्षमा तीन संदिग्ध कुकी उग्रवादीहरूलाई मारे। यस संघर्षमा एकजना महिला घाइते भएकी छन्। बिष्णुपुर जिल्लाको फौगाकसाओ इखाई पुलिस थाना अन्तर्गत तोरबुङ्ग क्षेत्रमा सुरक्षा बल, ग्राम स्वयंसेवक अनि कुकी उग्रवादीहरूमाझ भएको उक्त भिड़न्तमा भयानक फायरिङ भयो। कुकी उग्रवादीको गोलीले आइतबार राति घाइते भएकी महिलाको इम्फालस्थित राज मेडिसिटीमा उपचार भइरहेको छ। घाइतेको पहिचान क्वाक्ता वार्ड नम्बर एकका एमडीग्राफरकी पत्नी २४ वर्षीया सेहनाजको रूपमा भएको छ। कुकी उग्रवादीहरूको बम विस्फोटमा परी असम राइफल्सको एउटा बुलेट प्रुफ वाहन नष्ट भएको छ। विस्फोटमा असम राइफल्सका केही जवानहरू पनि घाइते भएको सूत्रले बताएको छ।

कुकी उग्रवादीहरूले तोरबुङ्गको एउटा स्कूलमा आगो लगाइदिए भने बीएसएफका जवान र १०औं बटालियनका महिलाहरूमाथि गोली चलाए। बीएसएफलाई सहयोग गर्नको लागि १६-कुमाऊँ रेजिमेन्ट पनि भिड़न्त स्थलमा पुग्यो। राति लगभग नौ बजे गाउँका स्वयंस्वकहरू पनि भिड़न्तमा सामेल भए। यस घटनामा कुकीका तीनजना उग्रवादीहरू मारिएको दाबी गरिँदैछ। स्रोतका अनुसार कुकी उग्रवादीहरूले फायरिङ गरेको दुई मिनटपछि एउटा एम्बुलेन्स घटनास्थलमा पुग्यो। कुकी उग्रवादीहरूले नम्बर ९ फौगाकचाओ इखाई अवाङ्ग लेइकाई वार्डमा १० मोर्टरको गोला छोड़े। तोरबुङ्गमा तैनाथ १९३ बीएनडीले भनेको छ, उग्रवादीहरूले सीआरपीएफलाई लक्षित गरेर मोर्टरका गोलाहरू फालिरहेका थिए। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement