पश्चिम बंगाल: आजदेखि विधानसभाको मनसुन अधिवेशन

West-Bengal-Assemby

कोलकाता: पश्चिम बंगाल विधानसभाको मनसुन सत्र आजदेखि शुरु हुँदैछ। आज पहिलो सर्वदलीय बैठक र त्यसपछि महासमिति बैठक बस्दैछ। बैठक १२ बजे शुरु हुनेछ र शोक प्रस्तावपछि बैठक मंगलबार ११ बजेसम्मका लागि स्थगित हुनेछ। मंगलबारदेखि अधिवेशन पूर्ण रुपमा चल्ने प्रमुख सचेतक निर्मल घोषले बताए। विधानसभा स्रोतबाट प्राप्त जानकारीअनुसार विभागहरुको स्थायी समितिको प्रतिवेदनमा पनि यही अधिवेशनमा छलफल हुने सम्भावना छ। तृणमूल विधायकहरूले आइतबार भाजपा भन्दा बढी प्रश्नहरू पेश गरे। अधिवेशनमा के–के मुद्दा उठ्ने, कुन–कुन विधेयक आउने भन्ने आजको बैठकले निर्णय गर्नेछ। दुई दिनपछि मात्रै प्रश्नोत्तरको समय शुरु हुने स्रोतले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement