विवाहित पुरुषद्वारा आत्महत्या

कालचिनी: कालचिनी थाना अन्तर्गत गङ्गुटिया चियाबारीको गुम्बा लाईन निवासी एकजना विवाहित पुरुष समित प्रधान उमेर ३६ ले आज आफ्नै घरको कोठामा पासो लगाई झुण्डिएर आत्महत्या गरेको घटना प्रकासमा आएको छ। घरमा यसरी पासो लगाई झुण्डिएर आत्महत्या गरेको खबर पाएपछि कालचिनी थानाको पुलिसबल घटनास्थलमा पुगेर शवलाई उद्धार गरेर थानामा ल्याएको थियो।
शवलाई आज नै पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाएको कालचिनी थाना प्रभारी टीएन लामाले जनाएका छन्। प्राथमिक जाँचमा यो आत्महत्या मामिला रहेको थाहा लागेको र पोस्टमार्टमको रिपोर्ट पश्चात जाँच अघि बढ़ने पुलिस सुत्रले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement