सिलगढी महानगरीय पुलिसले ५ बंगलादेशी महिला सहित ३ मानव तस्करलाई पक्राउ

13e60209-d3c5-4368-a342-3ba293be1057

सिलगढी: सूचनाको आधारमा कार्य गर्दै सिलगढी महानगरीय पुलिस र एनजेपी थाना पुलिसको विशेष अभियान समूहले सिलगढी एनजेपी स्टेशनको छेउमा रहेको क्षेत्रबाट ५ बंगलादेशी महिलाहरू सहित ३ मानव तस्करहरूलाई पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार तस्करहरूले यी पाँच महिलालाई लिएर शनिबार ढाका छाडेर रातभर हिँडेर भारतको सीमामा पुगेका थिए। उत्तर दिनाजपुर जिल्लाको दोमोहाना क्षेत्रस्थित भारत–बंगलादेश सीमा नाका हुँदै पाँच महिला भारत प्रवेश गरेका थिए। त्यहाँबाट अभियुक्तहरूले उनीहरूलाई एनजेपी स्टेशन नजिकैको क्षेत्रमा ल्याए।

त्यतिबेला सिलगढी महानगरीय पुलिसको विशेष अभियान समूहले गोप्य स्रोतबाट सूचना पाए र त्यहाँबाट उनीहरूलाई पक्राउ गरेको हो। घटनामा ठूलो अन्तर्राष्ट्रिय मानव बेचबिखन र्‍याकेट संलग्न भएको आशंका पुलिसले गरेको छ। तीनै जनामाथि सोधपुछ भइरहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement