२४ जुलाईः खरसाङको हिल्स फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित भेटरन्स (फोर्टी प्लस) फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा प्री-क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा खेलिएको पहिलो म्याचमा घूम जोरबंग्लो भेटरन्सले सोनादा आउटपोस्ट भेटरन्सलाई ८-१-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा दार्जीलिङ भेटरन्सले दार्जीलिङ युनाइटेड ब्रदर्स भेटरन्सलाई २-१-ले पराजित गऱ्यो। यस सेभेन ए साइड भेटरन्स टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। भेटरन्स र महिला दुवै टुर्नामेण्टको फाइनल ६ अगस्तमा हुने हिल्स फूटबल एकाडमीका प्रमुख तथा राष्ट्रिय स्तरका फूटबलर नगेन तामाङले बताएका छन्। आमन्त्रणी महिला फूटबल टुर्नामेण्ट ३० जुलाईदेखि शुरु हुनेछ।










