दुर्गम आदमा पहाड़को निम्ति कृषि बन्धु स्पेशल क्याम्प डुवर्सकन्यामा

IMG-20220702-WA0141.jpg

कालचिनी: कालचिनी खण्डको दुर्गम बक्साद्वार पहाड़को अझै दुर्गम आदमा बनबस्ती पहाड़को बासिन्दाहरूको निम्ति आज अलिपुरद्वार जिल्ला प्रशासनिक भवन डुवर्सकन्यामा कृषक बन्धु स्पेशल क्याम्प सम्पन्न भएको जानकारी कालचिनीका सहकृषि अधिकारी प्रबोदकुमार मण्डलले दिएका छन्। हाल लगातार बर्षाले गर्दा दुर्गम बक्साद्वार पहाड़को धेरै गाउँहरूमा पैह्रो खसेकोले बाटो घाटो बन्द रहेको छ भने यसबीच आदमा बनबस्तीका डुक्पाहरू राजाभातखावा ग्राम पञ्चायत र कालचिनी बीडीओ कार्यालय एवम् अलिपुरद्वार आउजाउ गर्न असक्षम बनेकोले कृषि विभागको तत्परतामा आज डुवर्सकन्यामा आदमा बनबस्तीका डुक्पा जनजातिको निम्ति कृषक बन्धु योजनाको फारम जमा लिने काम भएको सहकृषि अधिकारी प्रबोदकुमार मण्डलले जनाएका छन्।
यता जिल्ला प्रशासन र कृषि विभागको पक्षबाट राजाभातखावा ग्राम पञ्चायतको कर्मीहरू एवम् बक्साद्वार पहाड़को पञ्चायत सदस्य सोनम जाङमो डुक्पालाई सबैको कागजपत्र सङ्ग्रह गरेर जमा गर्ने निर्देश दिएकोले जम्मा १७ जनाको कागजपत्र जमा गरिएको र तिनीहरूले चाँडै कृषि बन्धुको लाभ प्राप्त गर्नसक्ने कृषि विभागले जनाएका छन्। दुर्गम बक्साद्वारको आदमा निवासी पञ्चायत सदस्य सोनम जाङमो डुक्पाले बाटोहरू ठाउँ ठाउँमा बनाउने काम चलिरहेको र बाँसको साँघुहरू पनि तयार भइरहेको यद्यपि आदमा बनबस्तीका बासिन्दाहरूलाई रासन पानीको असुविधा झेल्न परिरहेकोले ब्लक प्रशासनबाट यदि जीआर साथै प्लास्टिक सेडहरूको व्यवस्था भए असल हुन्थ्यो भनि जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement