मालदा: मालदा जिल्लाको भुटनी पुलिस स्टेशनले फेरि ठूलो सफलता हात पारेको छ। मालदाको भुटनी पुलिस थानाले भरुवा बन्दुक र दुई राउण्ड कारतूससहित दुई जनालाई पक्राउ गरेको छ। गोप्य स्रोतबाट सूचना पाएपछि भुटनी थानाले भुटनी पुलको कलिताला क्रसिङबाट छापा मारेर काशिम शेख र अकमल नामका दुई युवालाई शंकास्पद रुपमा पक्राउ गरेको हो। दुबैको घर माणिकचकको रहिमपुर क्षेत्रमा रहेको छ। खोजीका क्रममा उनीहरुको साथबाट पेस्तोल र दुई राउण्ड कारतूस बरामद भएको पुलिस स्रोतले जनाएको छ। सोमबार पक्राउ परेकाहरूलाई मालदा जिल्ला अदालतमा पेश गरिएको थियो।









