एशियन गेम्सको निम्ति कुश्ती टीममा बजरंग-विनेशको नाम, रवि दहिया बाहिर

IMG-20230724-WA0198.jpg

२४ जुलाईः यस साल चीनको हांगझोऊमा हुने एशियन गेम्सको निम्ति कुश्ती टीममा बजरंग पूनिया (६५ किग्रा) र विनेश फोगाट (५३ किग्रा)-को नाम पठाइयो। यी दुई भार वर्गमा भएको ट्रायलमा जीत हासिल गर्ने विशाल कालीरमन (६५) र अन्तिम पंघाल (५३)-को नाम स्ट्याण्डबाईको रूपमा पठाइएको छ। यसरी आइतवार इन्दिरा गान्धी स्टेडियममा भएको एशियन गेम्सको ट्रायलमा सबैभन्दा ठूलो उलटफेर टोक्यो ओलम्पिकमा रजत पदक जित्ने रवि कुमार (५७ किग्रा)-को हारको रूपमा भयो। यस हारको साथै रवि एशियन गेम्सको टीमबाट पनि बाहिर भए।
भारतीय ओलम्पिक समितिको तदर्थ समितिको देखरेखमा एशियन गेम्सको निम्ति दुई दिवसीय ट्रायल सफलतापूर्वक आयोजन गरिएपछि पुरुष फ्रीस्टाइल, ग्रीको रोमन र महिला वर्गका १८ भार वर्गहरूमा एण्ट्री पठाइयो। बजरंग र विनेशलाई समितिले एशियन गेम्सको टीममा सीधा प्रवेश दिएको थियो तर समितिले सबै १८ भार वर्गमा स्ट्याण्डबाई पहलवानहरूका नाम पठायो। बजरंग-विनेशको भार वर्गलाई छोड़ेर १६ वटा भार वर्गको ट्रायलमा दोस्रो स्थानमा रहने पहलवानको नाम स्ट्याण्डबाईको रूपमा पठाइयो। टीममा सामेल पहलवान कुनै कारणवश एशियन गेम्समा खेल्न नसके उनको स्थानमा स्ट्याण्डबाईले खेल्ने मौका पाउनेछन्।
आइतवार भएको ट्रायलको ५७ किग्रा वर्गमा रोचक प्रतिस्पर्धा भयो। रवि कुमारलाई पहिलो बाउटमै महाराष्ट्रका आतिश तोडकरले २०-८-को स्कोरले पराजित गरे। रवि गत केही समयदेखि चोटग्रस्त रहेका छन्। यस भार वर्गमा कमनवेल्थ गेम्स च्याम्पियन राहुल अवारेले पनि हारको सामना गर्नु पऱ्यो। एशियन च्याम्पियन अमन सेहरावतले फाइनलमा राहुललाई सजिलै पराजित गरे। यसअघि सेमिफाइनलमा अमनले शुभमलाई पनि कड़ संघर्षपछि पराजित गरे। यसरी नै बजरंगको भार वर्गमा विशाल कालीरमनले रोहितलाई सजिलै पराजित गरे। यसअघि बजरंग-विनेशलाई टीममा सीधा एण्ट्री हासिल भएको मामिलामा अदालत जाने सुजीतले हारको सामना गर्नु पऱ्यो। विशालले जीतपछि भने, अन्तिम र सुजीतको लड़ाइँमा म पनि सामेल छु। सबै खेलाड़ीको एशियन गेम्समा पदक जित्ने सपना हुन्छ तर उनीहरू (बजरंग र विनेश) ट्रायल जितेर टीममा आएका होइनन्। न्याय हासिल नभएसम्म हाम्रो लड़ाइँ जारी रहनेछ। यसरी ७४ किग्रा भार वर्गमा दिल्लीका पहलवान यशले कमनवेल्थ गेम्समा स्वर्ण पदक जित्ने नवीन, ८६ किग्रा वर्गमा टोक्यो ओलम्पियन दीपक पूनियाले उत्तर प्रदेशका जोण्टी कुमारलाई ५-३-ले, ९७ किग्रा वर्गमा हरियाणाका बिक्कीले गौरव बालियानलाई अनि १२५ किग्रा वर्गमा हरियाणाका सुमितले आशिषलाई पराजित गरी एशियन गेम्सको टीममा स्थान बनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement