कोलकाता: आउँदो महिना १ अगस्तदेखि हावडाको बोटानिकल गार्डनमा प्रवेश शुल्क बढ्नेछ। यस सम्बन्धमा वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयले एक सूचना जारी गरेको छ। वृद्धि भएको टिकट मूल्य १ अगस्तदेखि लागू हुने गरी बोटानिकल गार्डेनमा भारतीयका लागि प्रवेश शुल्क ३० रुपियाँ र विदेशीका लागि तीन सय रुपियाँ तोकिएको बताइएको छ। बगैँचामा फोटो खिच्न ६० रुपियाँ शुल्क तिर्नुपर्ने भएको छ। बोटानिकल गार्डेनमा प्रवेश मूल्य बढाएको विरोधमा यहाँको मर्निङ वकर संघले विरोध गरेको छ। समरजित प्रामाणिकले यो क्षेत्र अनुसन्धानका लागि निकै प्रख्यात भएकोले यहाँ सबै खालका मानिस आउने गरेको बताए। यसरी शुल्क बढाउनु ठीक होइन, यहाँ उल्लेख गर्न लायकको छ कि अहिलेसम्म बोटानिकल गार्डनमा प्रवेश शुल्क भारतीयका लागि १० रुपियाँ र विदेशीका लागि १०० रुपियाँ थियो।










