भारी मात्रामा देशी मदिरा नष्ट गरियो

00-1-Rajya-Samachar-18

गुवाहाटी: गुवाहाटीको वशिष्ठ थाना क्षेत्रमा पुलिस र आबकारी विभागको टीमले अभियान चलाएर भारी मात्रामा देशी मदिरा नष्ट गऱ्यो। पुलिस अनुसार, आबकारी विभागको एक टीमको साथ अरूणगिरी क्षेत्रमा चलाइएको अभियानमा लगभग ६५ लीटर देशी मदिरालाई नष्ट गरियो। क्षेत्रमा अवैध तरीकाले देशी मदिराको कारोबार चलाइएको जानकारी पाएपछि विभागले अभियान चलाएको थियो। आबकारी विभागले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेछ।

About Author

Advertisement