रेलवे ब्रिजबाट एउटा शव उद्धार

कालचिनी: सिलगढ़ी संलग्न फूलबारी एक नम्बर ग्राम पञ्चायत अन्तर्गत कामराङगढ़ी क्षेत्रको महानन्दा नदीमाथिको रेलवे ब्रिजबाट एउटा शव उद्धार भएको छ। स्थानीय बासिन्दाहरूले उक्त शव देखेपछि यसको सूचना रेल अनि पुलिस प्रशासन समक्ष पुगेको थियो। सम्भवतः रेलले काटिएर उक्त मृत्यु भएको आशङ्का गरिएको छ यद्यपि शवको परिचय खोल्न नसकिएको जनाएका छन्। शवलाई पुलिसले आएर उद्धार गरेर लगेको बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement