सिक्किम प्रिमियर डीभिजन लीगमा सिक्किम पुलिस बन्यो च्याम्पियिन

IMG-20230723-WA0458.jpg

गान्तोक: सिक्किम फुटबल एसोसिएसनद्वारा आयोजित सिक्किम प्रिमियर डिभीजन लीगको फाइनल खेल आज राजधानीस्थित पाल्जर स्टेडियममा सम्पन्न भयो। आजको फाइनल खेलको कार्यक्रममा राज्यका खेलकूद एवम शिक्षा विभाग मन्त्री केएन लेप्चा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ रहेका थिए। आजको फाइनल खेल सिक्किम पुलिस वनाम हिमालयन एससी माझ सम्पन्न भयो जसमा निर्धारित समयसम्म खेलको परिणाम नआएपछि अन्तत पोइन्टको आधारमा सिक्किम पुलिस विजयी बन्यो।

उक्त खेलमा पहिलो गोल हिमालयन स्पोर्टिङ्ग क्लबका 9 नम्बर खेलाडी उत्तम राईले गरे भने सिक्किम पुलिसको पक्षमा 3 नम्बर खेलाडी सागर गुरुङले एक गोल गरेर खेललाई बराबरी बनाए। खेलको समाप्तिसम्म अंक बराबर रहे पनि लीग अंकले बढत गर्दै सिक्किम पुलिस विजयी बन्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement