मतगणनाको दिनदेखि बेपत्ता आदिवासी महिलाको शव उद्धार

IMG-20230723-WA0427.jpg

जलपाइगढी: मतगणनाको दिनदेखि बेपत्ता आदिवासी महिलाको शव भेटिएपछि जलपाइगढीमा हलचल मच्चिएको छ। ती महिला जलपाइगढी सदर ब्लकको पटकाटा ग्राम पञ्चायतको रायपुर चिया बगान क्षेत्रकी बासिन्दा थिइन्। मृतक महिलाको नाम रोशनी उराँउ हो। उल्लेखनीय छ, ११ पञ्चायतको मतगणनाको रातदेखि उनी बेपत्ता थिइन्। यस विषयमा जुलाई १३ मा जलपाइगढी कोतवाली थानामा हराएको रिपोर्ट दर्ता गरिएको थियो। अन्तत: आइतबार पुलिसले टिस्टा नदी छेउछाउको इलाकाबाट उनको क्षतविक्षत शव फेला पारेको थियो। खोलाको किनारमा शव फेला परेको देखेपछि स्थानीयलाई खबर गरिन्। पछि पुलिस आएर शव बरामद गरी जलपाइगढी मेडिकल कलेज अस्पतालको शवगृहमा पठाएको थियो। पोस्टमार्टमपछि शव आफन्तलाई बुझाइएको छ।

उक्त क्षेत्रका पूर्व पञ्चायत प्रमुख हेमब्रमले महिलाको हत्या गरी शव नदी किनारमा फालिएको आशंका गरेको बताए। महिलाका श्रीमानको यसअघि नै मृत्यु भइसकेको थाहा भएको छ। घरमा उनका दुई सन्तान छन्। जलपाइगढी कोतवाली थानाको पुलिसले मृत्युको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement