खरसाङ: खरसाङको सुबेदार बस्तीस्थित सार्वजनिक भवनमा आज पश्चिम बंगाल आगानवाड़ी कर्मी सहायिका कल्याण समितिको एक सभा जुलीयाना लामाको अध्यक्षतामा सम्पन्न भयो। हिमा खवासले सञ्चालन गरेको यस कार्यक्रममा संगठनका तीनजना अवकाशप्राप्त कर्मचारीहरू क्रमैले महानदीका मधु सेवा, सन्त मरिज-२ का उमा शर्मा अनि घैयाबारी-१ का प्रतिमा छेत्रीलाई सर्म्बद्धना जनाइयो।

उक्त कार्यक्रमबारे संगठनका एक सदस्या हिमा खवासले पत्रकारहरूसित कुराकानी गर्दै पश्चिम बंगाल आँगनवाडी कर्मी र सहायक कर्मीहरूको संगठनद्वारा अवकाशप्राप्त तीनजना कर्मीहरूलाई आज सम्बर्ध्दना जनाइएको जानकारी गराएका छन्। तीनजना अवकाशप्राप्त भएकोले हामीले हाम्रो संगठनको पक्षबाट सम्बर्ध्दना जनाइएको जानकारी गराएकी छन्।

त्यसरी नै अवकाशप्राप्त आँगनवाडी कर्मी मधु सेवाले पनि पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्।








