सिलगढी: इस्लामपुरमा भाजपा नेता असीम साहको मृत्युको विरोधमा भाजपा नेता र कार्यकर्ताहरूले सिलगढीमा कालो कपडा बाँधेर प्रदर्शन गरे। आइतबार दिउँसो सिलगढीको हाश्मी चोकमा विरोध प्रदर्शन गरिएको थियो। उक्त विरोध प्रदर्शनमा भारतीय जनता युवा मोर्चा प्रदेश अध्यक्ष इन्द्रनिल खान उपस्थित थिए। यस दिन भाजपाका नेता तथा कार्यकर्ता हातमा कालो कपडा बाँधेर हाश्मी चोकमा सडकमा धर्नामा बसेका थिए। पछि पुलिसले स्थिति नियन्त्रणमा लिएको थियो। उल्लेखनीय छ कि भाजपा नेता असीम साहामाथि शनिबार दिउँसो धारिलो हतियारले आक्रमण भएको थियो। उनीहरूलाई बचाउन खोज्दा अर्का एक जना घाइते भएका छन्। घटनापछि असीम साहलाई उपचारका लागि सिलगढी ल्याइएको थियो । तर उनलाई बचाउन सकिएन। सिलगढीको एक नर्सिंग होममा उनको मृत्यु भएको हो। भाजपा नेताहरूले यस घटनामा तृणमूल कांग्रेसको हात रहेको आरोप लगाएका छन्। भारतीय जनता युवा मोर्चाका प्रदेश अध्यक्ष इन्द्रनिल खानले मृतकका परिवारका सदस्यहरूसँग भेटेर सिलगढीमा भएको विरोध प्रदर्शनमा सहभागी भएका छन्।








