सीमा हैदरको व्हाट्सएप च्याट सार्वजनिक

00-1-Sima-Haider

नयाँ दिल्ली: सीमा हैदर र सचिन मीना प्रकरणमा हरेक दिन नयाँ नयाँ समाचार अघि आइरहेको छन्। अहिले सीमा र बस प्रबन्धकबीचको ह्वाट्सएप कुराकानी सार्वजनिक भएको छ। उक्त च्याटमा नेपालबाट भारत आउने बसको नम्बर पाकिस्तानी महिलालाई पठाइएको थियो। यससँगै १२ मईको बिहान ७ बजे बस छुट्ने पोखराको स्थान पनि पठाइएको छ। सीमाले बस सेवा प्रबन्धक प्रसन्न गौतमलाई गुगल पे मार्फत भुक्तानी गर्न भनिन्। जवाफमा सीमाले ‘मीना जी’ (सायद सचिन मीना) को नम्बर पठाइन् र लेखिन्, ‘भाइ, उसलाई म्यासेज गर्नुहोस्।’ वास्तवमा नेपालबाट भारत आउँदा सीमा हैदरसँग बसको भाडा तिर्ने पैसा थिएन। बाँकी रकम भारतमा बसेर सचिन मीनाले गरेका थिए। च्याटमा प्रबन्धकले बाँकी रकम पठाएपछि स्क्रिनसट पठाउन पनि लेखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement