२३ जुलाईः भारतका सात्विसाईराज रंकीरेड्डी र चिराग शेट्टीको स्टार जोड़ीले आइतवार पुरुष युगलको फाइनलमा फजर अल्फियान र मोहम्मद रियान आर्दियान्तोको शीर्ष वरीयता प्राप्त इण्डोनेशियाई जोड़ीलाई १७-२१, २१-१३, २१-१४-ले पराजित गरी कोरिया ओपन सुपर ५०० ब्याडमिण्टन टुर्नामेण्टको खिताब जित्यो। म्याचको पहिलो गेम हातबाट उम्काए पनि भारतीय जोड़ीले असाधारण प्रदर्शन गर्दै म्याच जित्यो। यस साल भारतीय जोड़ीको यो तेस्रो खिताब हो। सात्विक-चिरागको जोड़ीले यसअघि इण्डोनेशिया १००० र स्विस् ओपन सुपर ५००-को खिताब पनि जितेको थियो।








