विद्यार्थी संघ प्रनिधिहरुसंग मुख्यमन्त्रीको बैठक

IMG-20230723-WA0466.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिक्किम युनिभर्सिटी विद्यार्थी संगठनका कार्यकारिणी सदस्यहरू र गेजिङ सञ्चमान लिम्बू सरकारी डिग्री कलेजका विद्यार्थी प्रतिनिधि परिषद्का सदस्यहरूसंग भेट गरे। यसक्रममा उऩले सिक्किम अल्पाइन विश्वविद्यालय, नाची कामराङ कलेजका प्राध्यापकहरू र विद्यार्थीहरूसँग पनि भेट गरी अन्तरक्रिया गरे। भेटमा सुसाका कार्यकारिणी सदस्यहरूले मुख्यमन्त्रीलाई अभिनन्दन गरे साथै सरकारको एक परिवार एक उद्यमी जस्ता पहललाई सराहना गरेका थिए। उनीहरुले कलेज तथा विश्वविद्यालयका विभिन्न समस्या र कलेजहरुको भइरहेका पूर्वाधार विकासका बारेमा मुख्यमन्त्रीलाई जानकारी गराएका थिए।

त्यसैगरी सञ्चमान लिम्बू सरकारी डिग्री कलेजका एसआरसी सदस्यहरूले पुस्तकालयका पुस्तक, खेलकुदका सामग्री र सांस्कृतिक सामग्रीको स्तरोन्नति गर्न माग गर्दै प्रस्ताव पेश गरेका थिए। त्यसैगरी राजनीतिशास्त्र विभागका संकाय सदस्य तथा विद्यार्थीहरुले अध्ययन भ्रमणको प्रस्ताव पेस गरेका थिए। उनीहरुको गुनासो बुझेर मुख्यमन्त्री तामाङले उनीहरुलाई उपयुक्त सहयोग उपलब्ध गराउनुका साथै विद्यार्थीको हितमा सरकार काम गर्न प्रतिबद्ध रहेको आश्वासन दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement