२ जुलाईः रिषभ पन्त र रविन्द्र जडेजापछि बर्मिंघमको एजबेस्टन मैदानमा भारतीय प्रशंसकहरूले कप्तान जसप्रीत बुमराहको चमत्कारी खेल देख्न पाए। यसपाली उनले बलको साथ नभएर ब्याटको साथ विश्व रेकर्ड बनाए। अन्तिम नम्बरमा ब्याटिंग गर्न ओर्लिने बुमराहले केवल १६ बलमा ३१ रन बनाएर टीमको स्कोरलाई ४०० रनभन्दा माथि लैजानमा सहायता गरे। यस अवधि उनले ईंग्ल्याण्डका दिग्गज पेस बलर स्टु्र्ट ब्रडको एक ओभरमा ३५ रन बनाए, जुन टेस्ट क्रिकेटको इतिहासमा एक ओभरमा बनिएको सर्वाधिक रन हो। यसअघि यो रेकर्ड संयुक्त रूपले वेष्ट इण्डिजका ब्रायन लारा, अष्ट्रेलियाका जर्ज बेली र दक्षिण अफ्रिकाका केशव महाराजको नाममा रहेको थियो। यी तीनैजनाले २८-२८ रन बटुलेका थिए। उल्लेखनीय छ, ब्रडको नाममा टी२० अन्तर्राष्ट्रियमा सर्वाधिक ३६ रन खर्च गर्ने रेकर्ड पनि रहेको छ। युवराज सिंहले २००७-को टी२० विश्व कपमा ब्रडको एक ओभरमा ६ वटा छक्का लगाएका थिए। यसपाली बुमराहले ब्रडको ओभरमा २ वटा छक्का सहित ३५ रन बटुलेर विश्व रेकर्ड बनाए।