हाम्रो पार्टीले कर्मीहरूलाई जनाए सम्मान

IMG-20230723-WA0386.jpg

हामीले जनतालाई सम्झाउने काफी हदसम्म सफल भएका छौं र जनताको राज अब टाडो छैन: सुरज तामाङ

दार्जीलिङ: घूम भञ्ज्याङको पार्टी कार्यकर्ताहरूलाई हाम्रो पार्टीले सम्मान जनाएको छ। गत केही दिन अघि सम्पन्न भएको पञ्चायत चुनावमा दिन रात संघर्ष गरेर पार्टी उम्मेद्वारहरूलाई विजय तुल्याउने पार्टी कार्यकर्ताहरूलाई आज घूम जोरबंगला समष्टिको चिफ् को-अर्डिनेटर सुरज तामाङले सम्मान जनाएका छन्। यस अवधि पार्टी कार्यकर्ता विजय राई, टाँसी भोटियाँ, मन्दीप तामाङ, विकेश तामाङ, ममता थापा, पवन तामाङ, किरण राई, पेम्बा शेर्पा, निता मंगर, इन्द्र खवास, सुष्मा राई आदि उपस्थित थिए।आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा घूम जोरबंगला समष्टि कोअर्डिनेटर सुरज तामाङले भने, ‘तपाईहरूको संघर्ष र प्रयासको कारणले गर्दा हामीले पहाडको जनतालाई काफी हदसम्म बुझाउन र सम्झाउन सफल बनेका छौं जसको परिणाम आज तपाई हाम्रो आखा अघि स्पष्ट रहेको छ। गत केही दिन अघि सम्पन्न भएको पञ्चायत चुनावमा हाम्रो पार्टी अनि गठबन्धनले जहाँ जहाँ उम्मेद्वारहरू खडा गरेका थिए ती ती वार्ड एंव क्षेत्रहरूमा राम्रो प्रदर्शन गरेका छन्। धेरैवटा आसनहरूमा जीत हाँसिल गरेको भएता पनि कतिपय आसनहरूमा नगण्य मतले पराजय भएका छन् तर नगण्य मतले पराजय हुनु भनेको जीत नै हो। हामीले पहाडवासीलाई भष्ट्रचारमुक्त पहाड, जनताको राज आदि जस्ता विषयहरूबारे अवगत गराउन काफी हदसम्म सफल भएका छौं।’
हाम्रो पहाड र राम्रो पहाड बनाउने दिशामा हामी यसरी नै निरन्तर रूपमा लागि पर्नपर्छ भन्ने चिफ कोअर्डिनेटर तामाङले आह्वान् पनि गरेका छन्। गत दिन सम्पन्न भएको पञ्चायत चुनावमा पहाडको हाम्रो र पहाडको सत्ता दलको भोट प्रतिशतलाई अध्ययन गर्ने हो भने हामीले पहाडवासीहरूलाई बुझाउन र सम्झाउन काफी हदसम्म सफल भएका छौं। हाम्रो पार्टीले मात्र बन्दगी पहाडलाई मुक्त गराउन सक्छ, भष्ट्रचारमुक्त पहाड बनाउन सक्छ। पहाडमा जनताको राज ल्याउन सक्छ तर यी सबैको निम्ति तपाई हामीले हाम्रो संघर्षलाई यसरी नै नियमित रूपमा राख्न सक्नु पर्छ चिफ् कोअर्डिनेटर सुरज तामाङले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement