सोनिया तामाङलाई हाम्रो पार्टीको नारी एकाईले जनाए सम्मान

IMG-20230723-WA0375.jpg

दार्जीलिङ: निर्वाचित ग्राम पञ्चायत सदस्या सोनिया तामाङलाई हाम्रो पार्टीको नारी एकाईले सम्मान जनाएको छ।गत केही दिन अघि सम्पन्न भएको पञ्चायत चुनावमा मिरिक बस्ती पीजीएसडी 2 ग्राम पञ्चायत वार्डबाट हाम्रो पार्टीको ब्यानरमा खड़ा भएकी सोनिया तामाङ भारी मतले निर्वाचित भएकी थिइन्। आज निर्वाचित सदस्या सोनिया तामाङलाई हाम्रो पार्टीको नारी एकाईले सम्मान जनाएको छ। यस अवधि हाम्रो पार्टीको नारी एकाईको पक्षबाट अनुराधा थापा, सत्य राई, सुनन्दा प्रधान, सविता गुरूङ, प्रतिमा राई आदि उपस्थित थिए। निर्वाचित सदस्य सोनिया तामाङलाई पुष्प गुच्छा, खदा आदिले सम्मान जनाउँदै जनहितमा काम गर्ने अनुरोध गरेका छन्।

उपस्थित नारी एकाईको नेतृत्वहरूलाई निर्वाचित सदस्य सोनिया तामाङले हाम्रो पार्टी र पार्टी अध्यक्ष अजय एडवाडर्सले देखाएको मार्गमा हिँड्ने वचन दिएका छन्। उनले पहाड र गोर्खा समुदायको हितमा काम गर्ने र हाम्रो पार्टीबाहेक अरू कुनै राजनैतिक दल नदेखेको तामाङले बताइन्।

About Author

Advertisement