सालुगढ़ामा इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्ट २५ जुलाईदेखि

IMG-20230723-WA0395.jpg

२३ जुलाईः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आउँदो २५ जुलाईदेखि इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। सालुगढ़ा खेल मैदानमा हुने यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिनेछ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको उद्घाटन म्याचमा गत सालको विजेता ब्राइट स्पोर्टिंग क्लब र मजुआ फूटबल क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र ११ अगस्तमा हुनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। म्याचहरू दिउँसो ३ बजीदेखि शुरु हुने आयोजक समितिले जानकारी दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement