तृणमूल विधायकहरूको देखरेखमा रातभरि भयो शिवभक्तहरूको सेवा

IMG-20230410-WA0169-11-300x172-7

हुगलीः श्रावणी मेलाको उपलक्ष्यमा शिव भक्तहरूको सेवा गर्ने उद्देश्यले शनिवार साझँ हुगली जिल्लाको श्रीरामपुर-महेशको गांगुली बागान मोड़मा श्रीरामपुर शहर तृणमूल कांग्रेसको २२ नम्बर वार्ड कमिटीको तर्फबाट एउटा क्याम्प लगाइयो। यस क्याम्पको माध्यमले तृणमूल कांग्रेसका नेताहरू र कार्यकर्ताहरूले रातभरि भोलेभक्तहरूको सेवा गरे। यस अवसरमा श्रीरामपुरका विधायक डा. सुदीप्तो राय र चांपदानीका विधायक अरिन्दम गुइन, श्रीरामपुर नगर पालिकाका सीआईसी सन्तोष उर्फ पप्पू सिंह, श्रीरामपुर नगरपालिकाका पूर्व चेयरम्यान अमियो मुखर्जी, सीआईसी तियाशा मुखर्जी सहित भारी संख्यामा तृणमूल कांग्रेसका नेता र कार्यकर्ताहरू उपस्थित रहे।

श्रीरामपुर नगरपालिकाको २२ नम्बर वार्डका पार्षद तियशा मुखर्जी अनुसार, यस क्याम्पमा तारकेश्वर जाने श्रद्धालुहरूका लागि जल, जूस बाहेक प्राथमिक उपचारको पनि व्यवस्था थियो। पार्टीका विधायकहरू र वरिष्ठ नेताहरूको देखरेखमा पूरा मनोयोगको साथ भोलभक्तहरूको सेवा गरियो। उल्लेख्य, सावनको महिनामा राज्यभरिबाट भारी संख्यामा श्रद्धालु भगवान भोलेनाथको जलाभिषेक गर्न तारकेश्वर जान्छन्। सामाजिक संस्थाहरू एवं राजनीतिक दलहरूका कार्यकर्ताहरूले उनीहरूको सेवाको निम्ति मार्गमा क्याम्प लगाउने गर्छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement