तिमी नामफिङका सक्रिय एसडीएफ कार्यकर्ता एसकेएममा सामेल

IMG-20230723-WA0464.jpg

गान्तोकः तिमी नामफिङ समष्टिको लोवर तनक वार्डबाट सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) पार्टी त्यागेर सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीमा सामेल हुने क्रम जारी रहेको छ। हिजो तिमी नामफिङका क्षेत्र विधायकको कार्यालयमा समष्टिका एक परिवारले एसडीएफ पार्टी त्यागेर एसकेएम पार्टीमा सामेल भएका छन्।

क्षेत्र विधायक तथा मन्त्री बीएस पन्तले खदा लगाएर तथा पार्टीको झण्डा प्रदान गरेर उक्त परिवारलाई पार्टीमा स्वागत जनाए। एसडीएफ पार्टी त्यागेर सत्तारूढ एसकेएममा सामेल हुनेमा एसडीएफ पार्टीको कर्मठ कार्यकर्ता रहेका जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement