दुई भाजपा नेता पक्राउ

IMG-20230410-WA0169-11-300x172-7

उत्तर २४ परगनाः उत्तर २४ परगना जिल्लाको अशोकनगर थाना पुलिसले शनिवार रति दुई भाजपा कार्यकर्ताहरूलाई पक्राउ गरेको छ। पुलिस सूत्रहरू अनुसार, पक्रा परेका भाजपा नेताहरूको नाम वासुदेव चक्रवर्ती र विक्रम ठाकुर बताइएको छ। दुवै सेनडाङ्गा क्षेत्र निवासी हुन्।

शनिवार राति उनले ब्यागमा गोलीहरू राखेर मोटरसाइलमा बेच्न निस्केको आरोप छ। उनीहरूसित ४० राउण्ड गोली थियो। गुप्त सूचनाको आधारमा मसलन्दपुर चौकी इन्चार्ज राखेहरि घोषको नेतृत्वमा पुलिसले दुवैलाई समायो। पुलिसले आरोपितहरूदेखि गोलीहरू जफत गरेको छ। यद्यपि, स्थानीय भाजपा नेतृत्वको दाबी छ, षड़यन्त्र अन्तर्गत भाजपा नेताहरूलाई फंसाइएको हो।

स्थानीय भाजपा नेतृत्वले भने, पञ्चायत चुनाउमा सेनडाङ्गा क्षेत्रमा तृणमूल कांग्रेसको प्रदर्शन धेरै खराब रहेको छ। यसैले प्रतिशोध लिन पुलिसले भाजपा नेताहरूलाई फंसाएको हो। यद्यपि, यस सम्बन्धमा अहिलेसम्म तृणमूल कांग्रेसको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन।

-हिस

About Author

Advertisement