यौन उत्पीड़नः नर्सिङ होममा भर्ती किशोरीलाई हेर्न पुगे भाजपा विधायक

Screenshot_20230723_192341_WhatsApp.jpg

कुचबिहारः जिल्लाको निजी अस्पतालमा भर्ती यौन उत्पीड़नको शिकार भएकी १४ वर्षीय किशोरीलाई हेर्न आइतवार भाजपा अध्यक्ष र उत्तर विधानसभा क्षेत्रका भाजपा विधायक सुकुमार राय आफ्ना नेताहरूको साथ पुगे। यस अवधि रायले पीड़ित परिवारसित भेट गरे औं परिवारको साथ खड़ा रहने आश्वासन दिए। उल्लेख्य, कूचबिहारको २ नम्बर ब्लकको खापइडाङ्गा ग्राम पञ्चायत क्षेत्र निवासी १४ वर्षीय एक किशोरी १८ जुलाईमा स्कूल जान निस्केकी थिइन्। तर फेरि फर्किनन्। यसपछि २० जुलाईमा परिवारले पुन्डीबारी थानामा केटी हराएको रिपोर्ट दर्ता गरायो। त्यसपछि पुलिसले तुरन्तै कारबाही गर्दै किशोरीलाई गम्भीर अवस्थामा उद्धार गऱ्यो र चार जनालाई पनि पक्राउ गऱ्यो। किशोरीको अपहरण गरी उसको साथ दुष्कर्म गरिएको आरोप छ।

परिणामस्वरूप, किशोरी गम्भीर रूपमा बिरामी भइन्। यसपछि उसलाई पहिले माथाभाङ्गा महकुमा अस्पतालमा भर्ती गराइयो, जहाँबाट उसलाई कुचबिहारको एक नर्सिङ होममा रेफर गरियो। जहाँ किशोरीको उपचार भइरहेछ। अस्पतालमा भर्ती किशोरीको स्वास्थ्यस्थितिको जायजा लिन आज भाजपा अध्य़क्ष र उत्तर विधानसभा क्षेत्रका विधायक सुकुमार राय आफ्ना नेताहरूको साथ पुगे। पीड़ित परिवारसित भेट गरेपछि चिकित्सकहरूसित कुरा गरी किशोरीको मेडिकल रिपोर्टको जानकारी लिए। सुकुमार रायले भने, किशोरीको साथ जुन प्रकारले अमानवीय घटना घटेको छ, भाजपाले यस घटनामा सामेल आरोपितहरूलाई कड़ाभन्दा कड़ा सजाय दिइने माग गर्दछ। किशोरीलाई छिट्टै स्वस्थ हुने कामना पनि गर्दछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement