भारतीय नेपाली (गोर्खा) सार्की समाज खरसाङ महकुमा समितिको सभा अनि सम्बर्ध्दना कार्यक्रम सम्पन्न

IMG-20230723-WA0387.jpg

खरसाङ: भारतीय नेपाली (गोर्खा) सार्की समाज खरसाङ महकुमा समितिको सभा आज खरसाङको बरबुङ बस्तीस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त सभा सार्की समाजको सभापति योगेन मंग्रातीको अध्यक्षता र सचिव रबी तोलङ्गी र सबिता मंग्रातीको सञ्चालनमा सम्पन्न भएको छ।
उक्त सभामा नै विशेष गरी गत पञ्चायत चुनावमा बिजय हाँसिल गरेका भारतीय नेपाली (गोर्खा) सार्की समाजका नयाँ पञ्चायत सदस्यहरूलाई सम्बर्ध्दना पनि जनाइएको छ। उक्त सभा अनि सम्बर्ध्दना कार्यक्रममा कालेबुङ होम्सबाट उदय मंग्राती, निर्मल बिसुङ्के, सुमन मंग्राती अनि खरसाङ बरबुङ बस्तीबाट गायत्री मंग्राती, सुप्रिना मंग्राती आदिलाई सम्बर्ध्दना जनाइएको छ। उक्त सम्बर्ध्दना सार्की समाजका सभापति योगेन मंग्राती, उप सभापति अर्जुन सार्की, सचिव रबी तोलङ्गी सह सचिव निरज मंग्राती, ललितकुमार सार्की, पूर्व सभापति कुमार मंग्राती, सल्लाहकार कुबीर सार्की आदिको बाहुलीबाट पञ्चायत चुनावमा बिजय हाँसिल गरेका समाजका पञ्चायत सदस्य सदस्याहरूलाई सम्बर्ध्दना जनाइएको छ। यसै सभामा सार्की समाजलाई कसरी बलियो पार्न पर्ने साथै आफ्नो हक र अधिकारको लागि सबै सार्कीहरू सचेत र जागरूक हुनुपर्छ अनि सबै एकबध्द भएर अघि बढ्नुपर्छ भनी सार्की समाज खरसाङ महकुमा समितिको सचिव रबि तोलङ्गीले सभामा बताएका छन्। उनले आगामी दिनमा समाजको कार्यालय हुनलाई आफ्नै भवन हुनुपर्छ भन्ने विचार राख्दै यो कसरी सम्भव हुनसक्छ भनी विस्तृत रुपमा बताएका छन्। उनले आजसम्म जति पनि सदस्यहरूले व्यक्तिगत तौरमा सहयोग गरिरहेका छन् तर त्यसले मात्र पर्याप्त नभएर आगामी अक्टोबर महिनामा समाज घर निर्माणको लागि लट्री खेलाउन पर्ने सुझाव राखेका छन्। सभामा सभाध्यक्ष योगेन मंग्राती, सचिव रबी तोलङ्गी, अर्जुन सार्की र पञ्चायत चुनावमा बिजय भएर नयाँ पञ्चायत सदस्य बनेको सदस्यहरूले पनि कार्यक्रमको शुरुमा डा भीमराव अम्बेडकरको तस्वीरमा धुप दीप प्रज्वलन गरी खदार्पणसहित श्रध्दाञ्जली अर्पण गरेका थिए।

त्यसरी नै अहिलेसम्म निधन भएका १२०० जना सार्की समाजका प्रतिनिधिहरू र गोर्खा अम्बेदकर कमानसिहं रामुदामुको ९४औं जन्म जयन्तीको अवसरमा श्रध्दाञ्जली अर्पण गरिएको छ। सभामा सचिव रबी तोलङ्गी, पूर्व सभापति कुमार मंग्राती, सल्हाकार कुबीर सार्की, कालेबुङबाट आएका उदय मंग्राती, सुमन मंग्राती आदिले आफ्नो आफ्नो वक्तव्य राखेका थिए भनी भारतीय नेपाली (गोर्खा) सार्की समाज खरसाङ महकुमा समितिको प्रचार प्रसार सचिव निरज मंग्रातीले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement