जलपाइगढ़ीमा चट्याङ्गले दुईको मृत्यु, दुई घाइते

Screenshot_20230723_185841_WhatsApp.jpg

जलपाइगढ़ीः जलपाइगढ़ीमा शनिवार सॉंझ एकै समयमा दुई भिन्न-भिन्नै ठाउॅंमा चट्याङ्गले दुई किसानको मृत्यु भएको छ। यसको चपेटमा परेर दुईजना घाइते भएका छन्।

पहिलो घटना जलपाइगढ़ी सदर ब्लकको पहाडपुर ग्राम पञ्चायत अन्तर्गत चौरंगीको हो। अर्को घटना क्रान्ति ब्लकको मौलामी ग्राम पञ्चायतको न्यू हाट क्षेत्रमा घटेको हो।

मृतक किसानहरूको नाम सुभाष राय (४५) र नीलोत्पल राय (२२) हो। घटनाको समय उनीहरू खेतमा धानको रोपाई गरिरहेका थिए। अचानक चट्याङ्गको चपेटमा परेर उनीहरू घाइते भए। स्थानीय मानिसहरूलाई उनीहरूलाई जलपाइगढ़ी सुपर स्पेशियालिटी अस्पताल पुऱ्याए जहॉं चिकित्सकहरूले दुवैलाई मृत घोषित गरिदिए। घाइतेहरूको अस्पतालमा उपचार चलिरहेको छ।

उल्लेखनीय छ, मयनागढ़ीको आमगुडी, कन्याबाडीको किसान नीरन्द्रनाथ अधिकारी (५६) को शुक्रवार खेतमा काम गरिरहेको समय चट्याङ्गको चपेटमा परेर मृत्यु भएको थियो। उक्त घटनाको २४ घण्टाभित्र अझ दुई जनाको मृत्यु भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement