खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको समीक्षा सभा घैयाबारीस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। उक्त सभा नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधानको अध्यक्षता र तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मको सञ्चालनमा सम्पन्न भएको छ। उक्त सभामा गत पञ्चायत चुनावको विषयमा समीक्षा गरिएको छ। सभामा पञ्चायत चुनावमा तीनधारे महानदी समष्टिको २२ वटा बुथहरूमा कतिवटामा जित हाँसिल गरेको र कतिवटामा पराजय हुनु परेको विषयमा समीक्षा गरिएको थियो। सभामा तीनधारे महानदी समष्टिको चारवटा ग्राम पञ्चायतहरूमा रहेको ३१ वटा पञ्चायत सदस्यको सिटहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले १७ वटामा जीत हाँसिल गरेको र दुईजना निर्दलीय प्रार्थीहरू भागोप्रमोमा सामेल भएपछि भागोप्रमोको तीनधारे महानदी समष्टिको चारवटा ग्राम पञ्चायतहरूमा जम्मा १९ जना पञ्चायत सदस्यहरू भएका छन्। त्यसरी नै पञ्चायत समितिको ८ वटा सिटहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले ६ वटा सिटहरूमा बिजय हाँसिल गरेका छन्। आजको सभामा बिजय बनेका पञ्चायत सदस्यहरू र पञ्चायत समितिको बिजयी सदस्य सदस्याहरूलाई सम्मान जनाइएको छ। त्यसरी नै पराजित भएका प्रार्थीहरूलाई पनि आगामी दिनको लागि शुभकामना व्यक्त गरिएको छ। सभामा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, युवा शक्तिको तीनधारे महानदी समष्टिको सभापति केवल राई, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ र सभाध्यक्ष निरा प्रधानले वक्तव्य राखेका थिए। वक्ताहरूले गत पञ्चायत चुनावमा पार्टीको कुन कुन बुथहरूमा बिजय हाँसिल गरे अनि कुन कुन बुथहरूतिर पराजयको सामना गर्नु परेको थियो र पार्टी हारेको बुथतिरको कमिटीहरू विघटन गरिने तथा नयाँ कमिटी गठन गरेर अागामी दिनको कार्यक्रमहरू विषयमा जानकारी गराइएको थियो। वक्ताहरूले तीनधारे महानदी समष्टि अन्तर्गत चारवटा ग्राम पञ्चायतहरूमा रहेको तीनवटा ग्राम पञ्चायतहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बोर्ड गठन गरेको र एउटामा बोर्ड गठन अहिले पनि अनिश्चित रहेको बताएका छन्। यसै सभामा घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर २५४ को बुथ स्तरीय कमिटीलाई विघटन गरेर नयाँ कमिटी गठन गरिने भएको छ। यसको लागि नवराज प्रधानलाई नयाँ को-अर्डिनेटर चयन गरिएको छ। त्यसरी नै जंगपाना चियाबारीको बुथ नम्बर २६० को बुथ कमिटीलाई पनि विघटन गरेर प्रह्लाद राईलाई को-अर्डिनेटर चयन गरिएको छ। दुवैजना नयाँ को-अर्डिनेटरहरूले आगामी १५ भित्रमा नयाँ बुथ कमिटी गठन गर्नलाई पहल गर्नु पर्ने निर्देश जारी गरिएको छ। आजको सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले तीनधारे महानदी समष्टिको चारवटा ग्राम पञ्चायतहरूमा रहेको ३१ वटा सिटहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले १७ वटामा जीत हाँसिल गरेक अनि दुईजना निर्दलीय प्रार्थीहरू भागोप्रमोमा सामेल भएपछि तीनधारे महानदी समष्टिको चारवटा ग्राम पञ्चायतहरूमा रहेको ३१ सिटहरूमा भागोप्रमोको जम्मा १९ जना पञ्चायत सदस्यहरू रहेको बताएका छन्। उनले चारवटा ग्राम पञ्चायतहरूको ८ वटा पञ्चायत समितिको सिटहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ६ जना विजय बनेको बताएका छन्। सभासद नवराज छेत्रीले पञ्चायत चुनावको परिणाम विषयमा समीक्षात्मक वक्तव्य पनि राखेका थिए। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले आजको सभा गत पञ्चायत चुनावको विषयमा समीक्षा सभा बसिएको जानकारी गराएका छन्। उनले पार्टीको हार भएको बुथहरूमध्ये घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर २५४ मा रहेको बुथ स्तरीय कमिटी विघटन गरेर नयाँ कमिटी गठन गर्नलाई नवराज प्रधानलाई को-अर्डिनेटर चयन गरेको अनि त्यसरी नै जंगपाना चियाबारीको बुथ नम्बर २६० को पनि बुथ स्तरीय कमिटी विघटन गरी नयाँ कमिटी गठन गर्नलाई प्रह्लाद राईलाई को-अर्डिनेटर चयन गरिएको र दुवैले आगामी १५ दिनभित्रमा नयाँ कमिटी गठनको लागि पहल गर्नु पर्ने निर्देश जारी गरिएको बताएका छन्।









