शिमला रेस्टुरेन्ट विस्फोट: आतंकवादी एंगलबाट जाँच गर्न आइपुग्यो एनएसजी

2023_7largeimg_404707449.jpeg

शिमला: हिमाचल प्रदेशको राजधानी शिमलाको ऐतिहासिक मल रोड नजिक अवस्थित रेस्टुरेन्टमा चार दिनअघि भएको विस्फोट मामिलामा आतंकवादी षड़यन्त्र रहेको हुनसक्ने आशंकाको कारणले एजेन्सीहरूको कान ठाड़ो भएको छ। आइतबार दिल्लीबाट घटनास्थलमा आइपुगेको एनएसजीको टीमले निरीक्षण गऱ्यो। जाँच एजेन्सीले यस विस्फोटको जाँच यस एंगलबाट पनि गरिरहेको छ कि यसको पछाड़ि आतंकवादी षड़यन्त्र त छैन। भाजपाले यसको जाँच एनएसजीबाट गराएकोमा स्वागत गरेको छ।
दिल्लीबाट आएको एनएसजी टीमका विशेषज्ञहरूले बिहान-बिहान घटनास्थलमा पुगेर जाँच शुरू गरे तथा प्रमाणहरूको नमूना जुटाउन हरेक चिजको ध्यानपूर्वक निरीक्षण गरे। टीमले विस्फोट भएको सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरेर जाँच गऱ्यो। यस अवसरमा शिमलाका एसपी सहित राज्य पुलिसका वरिष्ठ अधिकारीहरू उपस्थित थिए। विस्फोटमा प्रयोग गरिएका विस्फोटक पदार्थहरूको पनि जाँच गरिँदैछ। यद्यपि, शिमला पुलिसले आफ्नो प्रारम्भिक जाँचमा ग्यास चुहावटको कारणले विस्फोट भएको बताएको छ। पुलिसले घटनामा विस्फोटक सामग्रीको प्रयोगलाई अस्वीकार गरिसकेको छ। साथै जाँचको लागि एसआईटी पनि गठन गरिएको छ। शिमला पुलिसले यस घटनालाई लिएर सदर थानामा मुद्दा दर्ता गराएको छ। शिमला पुलिसको सिद्धान्त अनुसार हिमाचली रसोई नामक रेस्टुरेन्टको सानो भान्सा कोठामा ग्यास चुहियो र त्यहाँ रहेको अटो कट डीप फ्रिजरमा झिल्का उठेपछि ग्यासले आगो समात्यो त्यसपछि विस्फोट भयो।
यसबीच राज्यको प्रमुख विपक्षी दल भाजपाले एनएसजीद्वारा मामिलाको जाँच गराएकोमा स्वागत जनाएको छ। प्रदेश भाजपाका मीडिया प्रभारी कर्ण नन्दाले भने, ‘विस्फोट स्थलमा एनएससीले जाँच गरेको छ। शिमलाका जनता पनि यसै जाँचको प्रतीक्षामा थिए। भाजपाले पहिलो दिनदेखिको उक्त मामिलामा कठोर जाँच गराउने माग गरिरहेको थियो। यस विस्फोटबाट सम्पूर्ण शिमलाको धरती भूकम्प आएको जस्तो हल्लिएको थियोl’ उनले आशा व्यक्त गरे, एनएसजीले जुन प्रकारले आफ्नो काम गर्छ त्यसबाट विस्फोटको साँचो कुरा जनता समक्ष आउनेछ। चाहे त्यो एलपीजी ग्यास लिक भएर होस् वा अन्य कुनै प्रकारको हमला, जनता समक्ष साँचो कुरा आउनुपर्छ भन्ने उनले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement