डिब्रूगढ़ः पुलिस फायरिङ्गमा उल्फा-आईका लिङ्कम्यान घाइते

IMG-20230528-WA0320-5-300x172-6

डिब्रूगढ़: असमको डिब्रूगढ़ जिल्ला अधिनस्थ मोरान क्षेत्रको खोवाङ्गमा भएको पुलिस फायरिङ्गमा उल्फा-आईका एकजना लिङ्कम्यान घाइते भए। यस अवधि पुलिसले उल्फा-आईका एक महिला कार्यकर्तालाई हिरासतमा लिएको छ। गुप्त सूचनाको आधारमा पुलिसले यो कारबाही गरेको थियो।
पुलिसअनुसार उल्फा-आईका लिङ्कम्यानमाथि त्यसबेला गोली चलाइयो जतिबेला उल्फाको लागि धन आर्जन गर्न आएको थियो। घाइते लिङ्कम्यानको पहिचान हेम चेतियाको रूपमा भएको छ जसमाथि तिनसुकिया तथा डिब्रूगढ़ जिल्लामा धन आर्जन गरेको आरोप थियो। लिङ्कम्यानको बारेमा गुप्त सूचना पाउनसाथ पुलिसले मोरानको खोवाङ्ग क्षेत्रमा छापा माऱ्यो। यस अवधि पुलिस टीमले लिङ्कम्यानलाई नभाग्ने चेतावनी दियो, तर भाग्न थालेपछि गोली चलाएर उसलाई हिरासतमा लिइयो। पुलिस मामिलाको जाँचमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement