घिऊ चोरी गरेको आरोपमा एक युवक पक्राउ

IMG-20230528-WA0320-5-300x172-6

सिलगढी: घिऊ चोरी गरेको आरोपमा खालपाडा आउटपोस्ट पुलिसले एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक टिकियापाडा निवासी मोहम्मद नीरजको रूपमा चिन्हित गरिएको छ। मोहम्मद नीरजले गत केही दिन अघिदेखि नयाँ बजार इलाकास्थित एउटा घिऊको गोदामबाट मोठ ७२ हजार रुपियाँको घिऊ चोरी गरेर बिक्री गरिदिएको बताइएको छ। सो गोदामका मालिकले हिसाब मिलाउँदा गोदामको स्टकमा घिऊ कम्ती रहेको थाहा पाए। यसपछि घिऊ व्यवसायीले थानामा यसबारे लिखित अभियोग दर्ता गरे। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले एक दिनको अवधिमै घिऊ चोरलाई पक्राउ गर्नको साथै चोरी गरेको घिऊ पनि उद्धार गरेको छ।

About Author

Advertisement