दार्जिलिङ: घुम जोरबंगला अन्तगत घुम खासमहल ग्राम पंचायत १ समितिका नव निर्वाचित समिति सदस्य अन्जु लामा तामाङ्ग हुन्। उनले बुथ नम्वर २३२ का नव निर्वाचित पंचायत सदस्य साजन तामाङ्ग अनि घूम भङज्याङ्ग गाउँको अगुवाईमा चुनाउ अभियानका समयमा शिक्षालाई प्राथमिकता दिने वाचा गरेका थिए। सोही अनुरुप घुम खासमहल ग्राम पंचायत अन्तगत पर्ने घुम कन्य उच्चतर माध्यमिक विध्यालयमा निजि कोष द्वारा सफाई अभियान एवंम् रंग पचेराको कार्य गरियो।

ज्ञात रहोस विध्यलयको पाईखानाको अवस्था एकदमै दयनिय थियो। यसकारण पाईखानाको सफाई एवम् रंग पचेरा गरिने कार्य गरियो।









