सोनादा: आज टुङ आई टी आई मा गोरामुमो सोनादा टुङ समष्टिको सभा बस्यो। समष्टि महासचिव भुपेन गुरुङको अध्यक्षतामा बसेको सभालाई गोरायुमो खर्साङ ब्राञ्च कमिटी सचिव सन्तोष सुब्बाले संचालन गरेका थिए। सभामा केन्द्रीय समिति पर्यवेक्षक आनन्द राई एचपीडब्ल्यु अध्यक्ष बि के राई , सोनादा टाउन कमिटीका अध्यक्ष रुस्तम छेत्री, समष्टि अध्यक्ष मदन छेत्री, गोरानासं, गोरायुमो लगायत कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। सभामा पार्टीको आउदो दिनहरुको कार्यक्रम लगायत पञ्चायत चुनाव विषय लिएर व्यापक छलफल गरेका थिए। सभामा आनन्द राईले पञ्चायत चुनावमा बिजयी गठबन्धन दलका प्रार्थी, स्वतन्त्र उम्मेदवारहरुलाई बधाई अनि शुभकामना दिदै भने, पराजय भएका प्रार्थीहरुलाई पनि बधाई अनि शुभकामना दिदै भने, हामीले पहाड भरि झिनो मतको अन्तरले पराजयको सामना गर्नु परेको छ। यसबाट हामी थाहा पाउछौ कि अब गोर्खा जागेको छ। विपक्षीले पैसाको खोला बगाएर पनि धेरै पराजयको सामना गर्नु पर्यो। हाम्रो धेरै प्रार्थीहरुले झिनो मतको अन्तरले पराजय भएका छन् जनता संचेत भएका छन् स्वाभिमानी छन्। हामी कुर्सीको निम्ति लडेको होइन अध्यक्ष मन घिसिङ जाति र माटोको उन्मुक्तिको निम्ति लागि परेका छन्। गोरामुमोको तर्फबाट पहाडको जनतालाई आभार व्यक्त गर्दछौं। दुई स्तरीय पञ्चायत चुनाव हुनुनै हाम्रो जीत हो भनी आनन्द राईले जनाएका छन्। हामीलाई केवल मुद्दा संग सरोकर छ जब सम्म मुद्दा फत्ते हुदैन हामी लागि परेका छौं जाति र माटोको उन्मुक्तिनै गोरामुमोको लक्ष्य हो। अध्यक्ष मन घिसिङको कुशल नेतृत्वमा हामीले न्याय पाउने छौं सुर्ता गर्नु पर्दैन भनी भुपेन गुरुङले आफ्नो सम्बोधनको क्रममा भने।
राजनीतिमा धेरै बाटोहरु हुन्छ हामीलाई केवल न्याय चाहेको छ यसकारण केन्द्र सरकार माथी पुर्ण आसावादी छौं न्याय दिन्छ भने केवल केन्द्र सरकारले दिन्छ। यसकारण जनता हतास नहुन बि के राईले अपिल गरेका छन्।









