डुवर्सबाट चारवटा पदक
हत्याउन सफल
बीरपाडा – मदारीहाट खण्ड अन्तर्गत बन्दापानी चियाकमानकी २२ वर्षीय छोरी सोहानी खाल्कोले कलकत्तामा बङ्गाल ओलम्पिक एसोसिएसन वा डब्लुयुएसएचयुद्वारा आयोजित ८औं सुवास स्टेट गेम २०२२ को वुसो मार्सल आर्ट प्रतिस्पर्धामा स्वर्ण पदक हत्याउन सफल भएकी छन्। बङ्गाल सरकारद्वारा आयोजित उक्त ओलम्पिकमा विभिन्न खेलहरू मध्ये वुसो मार्सल आर्ट पनि रहेको थियो। जुन ओलम्पिकमा भाग लिन भनी राज्यभरिका विभिन्न जिल्लाहरूबाट विविध खेलका खेलाडीहरू कलकत्ता पुगेका थिए। अलिपुरद्वार जिल्लाको मदारीहाट खण्डबाट चारजना खेलाडीहरूमा २२ वर्षीय सोहानी खाल्को बन्दापानी, अमित लाकडा २५ वर्षीय बन्दापानी, २४ वर्षीय प्रितम वेदिया ढेक्लापाडा, २६ वर्षीय सुजित खडिया निरपानिया कलकत्ता पुगेर खेलमा भाग लिएका थिए। जसमा अलिपुरद्वारले एउटा स्वर्ण पदक, दुईवटा रजत पदक अनि एउटा कास्य पदक जितेका छ भनी ढेक्लापाडा निवासी कराँटे कोच प्रताप छेत्रीले बताएका छन्। ती खेलाडीहरू पदक साथै प्रमाण पत्र पनि प्रदान गरिएको तिनले बताए।

सोहानी खाल्को अनि तिनकी कोच प्रताप छेत्रीलाई बीरपाडा पुलिस प्रशासनले खदा लगाएर तथा पुष्प प्रदान गरेर सम्मान जनाए। सामाजिक संस्था हाम्रो समाज बीरपाडाका उपाध्यक्ष बुद्धिमान लामा अनि सहसचिव सिवराज थापाले पनि तिनलाई भेटेर खदा पहिराइ सम्मान तथा बधाई दिए। स्थानीय समाजसेवी टेकबहादुर मुखियाले भने, कि सोहानीको आर्थिक अवस्था कमजोर हुँदा पनि यस्ता धेरै प्रतियोगिताबाट कम्तीमा पनि एउटा पुरस्कार ल्याएर घर फर्किन्थी भनी बताए। सोहानी खेलप्रति निपुण हुनाले तिनलाई सिभिक भोलेन्टिएरमा काम पाएको स्वयम सोहानीले बताइन्। भविष्यमा खेलकुदमा अझ अघि बढेर कुनै राम्रो काम गर्ने सपना छ भनी बताइन्।