पश्चिम बंगालका विभिन्न ठाउॅंहरूमा भारी वर्षाको अलर्ट

IMG-20230410-WA0169-11-300x172-7

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाता लगायत राज्यका अन्य ठाउॅंहरूमा आइतवार दिनभरि पानी पर्न सक्न अलर्ट जारी गरिएको छ। अलीपुरस्थित मौसम विज्ञान विभागको क्षेत्रीय मुख्यालय अनुसार, राजधानी कोलकातामा न्यूनतम तापक्रम २७.५ डिग्री सेल्सियस छ जुन सामान्यभन्दा एक डिग्री धेरै हो। अधिकतम तापक्रम ३०.८ डिग्री सेल्सियस छ जुन सामान्यभन्दा एक डिग्री सेल्सियस कम हो।

विभाग अनुसार, गत २४ घण्टामा ८.५ मिलीमिटर पानी रेडर्क गरियो। आज दिनभरि रोकिॅंदै पानी परिरहने छ। कोलकाताका साथै अलावा हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ा तथा राज्यका अन्य ठाउॅंहरूमा पनि पानी पर्नेछ। उत्तर बंगालका नदीहरू खतराको निशानदेखि माथि बगिरहेका छन्। बाढ़ जस्तो स्थिति छ। लगातार पानी परिरहेकाले साधारण जनजीवन प्रभावित बनेको छ। आगामी हप्तादेखि अझ धेरै वर्षा हुनेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement