मन्त्रालयको अनुमति भए सुनिल छेत्रीको कप्तानीमा एशियन गेम्सको निम्ति टीम पठाउन राजी एआईएफएफ

IMG-20230723-WA0199.jpg

२३ जुलाईः अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ) कप्तान सुनिल छेत्रीको अगुवाईमा आफ्नो शीर्ष टीमलाई एशियन गेम्समा पठाउन तयार छ तर यसको निम्ति खेल मन्त्रालयबाट अनुमति जरूरी रहेको छ। यसअघि २०१८-को जकार्ता खेलहरूमा भारतीय फूटबल टीमलाई भाग लिने अनुमति प्राप्त भएको थिएन। भारतीय टीम अहिले एशियामा १८औं स्थानमा रहेको छ। खेल मन्त्रालयको नियम अनुसार, शीर्ष आठमा सामेल रहे मात्र टीमले कुनै पनि टीम स्पर्धामा भाग लिन सक्छ। भारतीय फूटबल टीमले हालै साफ च्याम्पियनशीप जितेको छ अनि अहिले फिफा ऱ्यांकिंगमा ९९औं स्थानमा रहेको छ। वर्तमान टीममा अण्डर-२३ आयु वर्गका सातजना खेलाड़ी रहेका छन्। यसको साथमा सुनिल छेत्री, गोलकीपर गुरप्रीत सिंह सन्धू र डिफेण्डर सन्देश झिंगन जस्ता सीनियर खेलाड़ी पनि जान सक्छन्। एआईएफएफ-ले पहिला राष्ट्रिय सीनियर टीमका मुख्य प्रशिक्षक इगोर स्टीमाकले थाईल्याण्डमा किंग्स कप (७-देखि १० सेप्टेम्बर) पछि चीनको हांगझोउमा २३ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म हुने एशियन गेम्समा अण्डर-२३ टीमको मार्गदर्शन गरोस् भन्ने योजना बनाएको थियो। साल २००२-देखि अहिलेसम्म एशियन गेम्सको फूटबल स्पर्धामा अण्डर-२३ टीमले हिस्सा लिने गर्छ। एउटा टीमलाई यसभन्दा अधिक उमेरका केवल तीनजना खेलाड़ीलाई खेलाउने अनुमति हुन्छ। एआईएफएफ महासचिव शाजी प्रभाकरनले भनेका थिए, यस साल भारतीय टीमको प्रदर्शन उत्साहजनक रहेको छ। यस टीमले एशियन गेम्समा खेल्ने मौका पाए फूटबल खेलको निम्ति ठूलो प्रोत्साहन हुनेछ, विशेषगरी अण्डर-२३ वर्गका खेलाड़ीहरूका निम्ति।
भारतीय ओलम्पिक समिति (आईओए)-ले एशियामा शीर्ष ८-मा नरहेको हुनाले २०१८-मा भारतीय टीमलाई एशियन गेम्समा खेल्ने अनुमति दिएको थिएन। आईओए र एनएसएफ-लाई खेल मन्त्रालयको निर्देशहरूमा एउटा प्रावधान रहेको छ, जसले कल्याण चौबेको अध्यक्षतामा रहने एआईएफएफ-लाई आशाको किरण दिन सक्छ। आईओए र सबै राष्ट्रिय खेल महासंघहरू (एनएसएफ)-लाई पठाएको पत्रमा खेल मन्त्रालयले भनेको छ, टीम स्पर्धाहरूका निम्ति केवल ती खेलहरूलाई नै सामेल गरिनेछ, जसले एशियाबाट भाग लिने देशहरूबीच गत एक सालमा एकदेखि आठौं ऱ्यांकिंगसम्म हासिल गरेको हुनेछ। उल्लेखनीय छ, ऱ्यांकिंगमा भारत अहिले एशियाका शीर्ष ८ टीमको छेउछाउ पनि रहेको छैन। भारतीय फूटबल टीम अहिले एशियाई फूटबल परिसंघ (एएफसी)-अन्तर्गत देशहरूमा १८औं स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement