सुकना भेटरन्स र एचएफए अफिसियल्स विजयी

photocollage_2023723104926750.jpg

२३ जुलाईः खरसाङको हिल्स फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित भेटरन्स (फोर्टी प्लस) फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच थियो। स्थानीय मण्टिभियट खेल मैदानमा खेलिएको पहिलो म्याचमा सुकना भेटरन्सले थर्ड माईल चिम्नी भेटरन्सलाई २-१-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा एचएफए (हिल्स फूटबल एकाडमी) अफिसियल्सले सोनादा भेटरन्सलाई ३-०-ले पराजित गऱ्यो। यस सेभेन ए साइड भेटरन्स टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। भेटरन्स र महिला दुवै टुर्नामेण्टको फाइनल ६ अगस्तमा हुने हिल्स फूटबल एकाडमीका प्रमुख तथा राष्ट्रिय स्तरका फूटबलर नगेन तामाङले बताएका छन्। आमन्त्रणी महिला फूटबल टुर्नामेण्ट ३० जुलाईदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement